Section 49
समन्वय र सहकार्य
(१) खेलकुद पूर्वाधारहरुको विकास र व्यवस्थापन तथा प्रतियोगिता सञ्चालनमा संघ, प्रदेश र स्थानीय तहबीच आपसमा सहकार्य र समन्वय गर्नु पर्नेछ। अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुँदा सबै तहले प्राथमिकता दिनु पर्नेछ।

(२) खेलकुद क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहवीच समन्वय, सहकार्य लगायतका अन्य विषय तोकिए बमोजिम हुनेछ ।